पोखरामा खेलाडी प्रशिक्षणका लागि घरमै आएपछि बारी सम्याएर प्रशिक्षण स्थल

पाेखरा | फागुन २२, २०७९

पोखरामा खेलाडी प्रशिक्षणका लागि घरमै आएपछि बारी सम्याएर प्रशिक्षण स्थल

पोखरा:     खेलकुदमा राज्यको लगानी न्युन छ । तर खेलसंग प्रेम गासेका खेलाडी तथा प्रशिक्षकहरुले अनेकौं तरिकाले खेल खेलाइरहेका हुन्छन् प्रशिक्षण दिइरहेका हुन्छन् । 


खेलकुदको सहर मानिने पोखरामा पोखरा रंगशाला बाहेक बाहिर त्यति खेल स्थलन छैनन् । भएका पनि प्रयोग गर्न निकै कठिन छ । त्यस्तै कठिनमा परेकी विमला नेपालीले अहिले अस्थाई प्रशिक्षण केन्द्रको स्थापना गरेकी छिन् । सितेरियो करातेँकी राष्ट्रिय खेलाडी विमला नेपालीले पोखरा ११ फुलबारीमा कराते सिकाउँदै आएकी छिन् ।


फुलवारीमा रहेको क्लब भवनको प्राङ्गणमा प्रशिक्षण दिदैँगर्दा केहि व्यक्तिका कारणले उक्त स्थल गुमाउन पुगेपछि उनले अर्को ठाउँ खोजिन उक्त ठाउँमा समेत प्रशिक्षण गर्ने वातावरण सिर्जना नभएपछि प्रशिक्षण नै नगराउने सोँच बनाइन् । 


करातेको प्रशिक्षण लिन आउने खेलाडीलाई नखेलाउने सोँच बनाएर बसेपछि खेलाडीले उनको घरकै आगनमा भएपनि प्रशिक्षण गराउन अनुरोध गरेपनि उनले केहि समय घर आगनमै प्रशिक्षण गराइन । तर खेलाडी बढ्न थालेपछि प्रशिक्षण स्थल सानो भयो । 


त्यसपछि उनले जग्गा खोजेर अस्थाई रुपमा प्रशिक्षण स्थल निमार्ण गरेकी छिन् । ‘खेलाडी आउने क्रम बढेपछि ठाउँको अभाव भयो । पहिला प्रशिक्षण गराइ राखेको ठाउँपनि दिन मानेनन् । वडालाई भनेको ९जनप्रतिनिधिहरुलाई० वास्ता गरेन’ उनले भनिन्,‘कतिसमय त घरमै सिकाए । 


घरको माथि प्रशिक्षण गराउँदापनि देखि सहेनन् । बच्चाहरुले प्रशिक्षण निकै राम्रो गरेका छन् । जसो तसो सहेर काम गरेको थिए तर अहिले अति भएर ठाउँ आफै खोजेर बनाए । यसमा मेरा गुरुहरुको पनि ठूलो हात छ ।’


प्रशिक्षण स्थल बनाउनका लागि समेत साना खेलाडीहरुले साथ दिएको विमलाको भनाइ छ । ‘प्रशिक्षण गराउनै नसक्ने स्थिति आएको थियो । म एक महिला खेलाडी भएकाले पनि कतिपय अवस्थामा मलाई गाह्रो थियो तर मेरा खेलाडी, परिवार र गुरुका कारणले यो सम्भव भएको छ’ उनले भनिन् । उक्त स्थानमा भोलिदेखी नै प्रशिक्षण हुने उनले बताइन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्